शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ७८ कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८९३ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।

अहिलेसम्म नेपालमा १९ लाख ५७ हजार ४५४ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३४२ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *