कपिलवस्तु, पुस– २३ ।
लागूऔषध खैरो हेरोइन र चरेससहित कपिलबस्तु प्रहरीले एक जना २७ वर्षीय भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला थाना शोहरतगढ ग्राम चेतराका मुकेश चौरसिया छन् ।
चौरसियाको साथबाट प्रहरीले ११ ग्राम खैरो हेरोइन र १० किलो २२ ग्राम चरेश बरामद गरेको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ कृष्णनगरबाट यु पी ५५ आर ७५२० नं.को मोटरसाइकलमा गोरुसिंगेतर्फ जाँदै गरेको बेला चौरसियालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जनाए ।
