शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

सर्वोच्चमा फिराद पत्र दर्ता गराएर आएको छु, संसद पुनःस्थापना हुँदैन- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभा पुन:स्थापना नहुने आफ्नो दाबी पुन: दोहोर्याएका छन् ।

आफूपक्षीय विद्यार्थी संगठन (अनेरास्ववियू) को भेलालाई आइतवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् पुन:स्थापनाको सम्भावना नरहेको बताएका हुन् ।

‘अहिले भर्खरै सर्वोच्च अदालतमा धेरैवटा मुद्दाहरूको फिरादपत्र दर्ता गराएर आएको छु । जवाफ त दिनैपर्‍यो । चुनाव रोकी पाऊँ, मरिसकेको संसद् बौर्‍याउन पाऊँ भनेर मुद्दा हालिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘संसद् पुन:स्थापना हुँदैन ।’

केही शक्तिहरूले चुनाव हुँदैन भन्ने भ्रम फैलाउन खोजेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले चुनाव तोकिएकै समयमा हुने जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *