आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

काठमाडौंको तापक्रम आज बिहान अहिलेसम्मकै सबैभन्दा कम १.१ डिग्री

काठमाडौंको न्यूनतम तापक्रम आज बिहान एक दशमलव एक डिग्री सेल्सियसमा झरेको छ ।

यो न्यूनतम तापक्रम अहिलेसम्मकै सबैभन्दा कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिवार काठमाडौंको न्यूनतम तापक्रम एक दशमलव तीन डिग्री सेल्सियस मापन भएको थियो ।

तापक्रम घटेसँगै काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । तुसारो समेत परेको छ ।

केही दिनदेखि देशभर चिसो बढने क्रम जारी छ ।

तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *