शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

काजु हाम्रो स्वास्थ्यको लागि फाइदाजनक

ड्राइ फ्रुटलाई स्वास्थ्यको लागि राम्रो मानिन्छ । ड्राइ फ्रुटमा कार्बोहाइड्रेट थोरै र प्रोटिन बढी पाइने भएकाले मधुमेह, उच्च रक्तचाप र मुटुरोगीहरुको लागि फाइदाजनक मानिन्छ ।

ड्राइ फ्रुटमा Essential fatty acid र unsaturated fat पनि धेरै हुन्छ । ड्राइ फ्रुटलाई मुटुको लागि राम्रो मानिन्छ ।

ड्राइ फ्रुटमा प्रसस्त एन्टीअक्सिडेण्ट पाइन्छ, जसले रोग निरोधक क्षमता बढाउँछ । ड्राइ फ्रुटमा पाइने unsaturated fat ले हृदयघात तथा अन्य रोगहरुबाट बचाउँछ । तर यस्ता ड्राइ फ्रुटमा क्यालोरी पनि धेरै भएकोले धेरै खाएमा तौल बढ्न सक्छ र यसले बेफाइदा पनि गर्नसक्छ ।

१ देखि २ मुठी ड्राइ फ्रुटमा दिनहु खाएमा स्वस्थकर हुन्छ ।

काजु (Cashew Nut) को फाईदा

काजुमा Monounsaturated fatty acid (oleic and palmitoleic acids) हरु पाइन्छ, जसले मुटुलाई फाइदा गर्छ । काजुले LDL घटाउने र HDL बढाउने हुनाले, यो हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । काजुमा पाइने Zeaxanthin रसायनले आँखालाई स्वस्थ बनाइ राख्छ ।

तर यसमा बढी मात्रामा क्यालोरी पाइने हुनाले एक दिनमा ५ देखि १० वटा (पिस) भन्दा बढी खानु हुँदैन । यसमा Sodium को मात्रा बढी हुनाले उच्च रक्तचापको बिरामीले पनि यो धेरै खानु हुदैन । अरु ड्राइफ्रुटको तुलनामा काजुमा सैचुरेटेड Fat बढी हुन्छ ।

यसमा भिटामिन ए, बी, सी र खनिज तत्वहरु पनि पाइन्छ ।


– डा. ओम मुर्ति अनिल, मुटुरोग विशेषज्ञ

Leave a Reply

Your email address will not be published. Required fields are marked *