शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

नेपालमा पछिल्लो २४ घण्टामा ६१३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८०८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७३९ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ३८४ रहेको छ ।

अहिलेसम्म नेपालमा १८ लाख ९६ हजार २५० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ४०० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *