शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी रहने भएको छ।

आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा केन्द्रीय समितको बैठक बस्ने नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

हिजो दोस्रो दिनको बैठकपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठकले संसद् विघटनविरुद्ध आन्दोलन घोषणा गर्ने बताएका थिए ।

बुधबारको बैठकमा रामशरण महत, गगन कुमार थापा, बलबहादुर केसी र आनन्द ढुंगानाले आ आफ्नो धारणा राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *