शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

 नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या १ हजार ८ सय ३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ५२ जना कोरोना मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ रहेका छन् ।

त्यस्तै हाल ७ हजार ५ सय १५ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म १८ लाख ९० हजार ७ सय ४० जनाको पीसीआर परीक्षण भएको छ । भने हाल ४०९ जना क्वारेन्टाइनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *