आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

पौडेलले भने ‘सत्ताको लोभ नगरौँ’

देश बदलिँदो राजनीतिक परिस्थितिबाट गुज्रिरहँदा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले यो परिस्थितिमा कसैले पनि सत्ताको लोभ गर्न नहुने कुरा अघि सारेका छन्। यो समय, सत्ताको लोभ नगरी जनताप्रति उत्तरदायी भएर अघि बढ्नुपर्ने समय भएको पौडेलले बताएका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले आह्वान गरेको पार्टीको आन्तरिक बैठकमा प्रधानमन्त्रीले चालेको संस विघटनको अवैधानिक कदमबारेको छलफलमा सबै शीर्ष नेताहरूले आफ्नो धारणा राखेका हुन्। सरकारले अधिनायकवाद र निरंकुशताको आकांक्षाबाट उत्प्रेरित भई प्रधानमन्त्रीद्वारा संविधानविपरित प्रतिनिधिसभा विघटन भई देशको स्थिति डामाडोल भइरहँदा सबैमा सत्तामोह पलाइरहेको भन्दै नेता पौडेलले सत्तालाई प्राथमिकता दिन नहुने धारणा राखेका हुन्।

उनले भने, ‘अहिले हामीले सत्ताको लोभ नगरौँ। त्यो यात्रा छोडौँ,’ उनले भने, ‘जनताप्रति उत्तरदायी भएर अगाडि बढौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *