साताको चौथो दिन बुधबार पनि सेयर बजार परिसूचक नेप्से घटेको छ। बुधबार बजार परिसूचक ६ दशमलव २० अंक घट्दै २ हजार ५५ दशमलव २२ विन्दुमा बन्द भएको छ। यसअघि मंगलबार बजार ५ दशमलव ७५ अंकले घटेर २ हजार ६१ दशमलव ४१ विन्दुमा बन्द भएको थियो।
बुधबार नेप्से परिसूचकसँगै मंगलवारको तुलनामा कारोबार रकम पनि घटेको छ। मंगलबार रू. ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार बराबरको ९७ लाख ५५ हजार ५४७ कित्ता सेयर खरिदबिक्री भएको थियो।
बुधबार भने रू. ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार बराबरको १ करोड ५ लाख ५८ हजार ३९१ कित्ता सेयर कारोबार भएको छ। बुधबार सर्वाधिक कारोबार नेपाल क्रेडिट एण्ड कमर्स बैंकको रू.३९ करोड ४३ लाख ९५ हजार बराबरको सेयर खरिद बिक्री भएको छ।
