शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

नेपालमा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा थप १ हजार ३ सय ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ८ हजार ९ सय ४७ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय २३ पुगेको छ ।

कोरोना संक्रमण देखिएकामध्ये पछिल्लो २४ घण्टामा १ हजार ६ सय २१ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हालसम्म २ लाख ४३ हजार ३ सय ७७ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएकामध्ये हालसम्म २ लाख २९ हजार ५४ जना संक्रमण मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *