बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नायिका स्वेता खड्काको आज धनगढीका विजयेन्द्र सिंह रावतसँग काठमाडौंको गोकर्ण रिसोर्टमा विवाह

नायिका स्वेता खड्काले आज विवाह गरेकी छिन् । धनगढीका विजयेन्द्र सिंह रावतसँग उनले काठमाडौंको गोकर्ण रिसोर्टमा विवाह गरेकी हुन् ।

दुबै परिवार निकटका सदस्यको उपस्थितीमा विवाह गरेका हुन् । उनीहरु केही समयदेखि प्रेममा रहेको बताइए पनि श्वेताले भने यो हल्ला मात्र भएको बताएकी थिइन् । विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् ।

नायिका खड्काको यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते बिवाह भएको थियो । विवाहको एक महिनापछि नै श्रेष्ठको निधन भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *