बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

आज नेप्से ७२.२८ अंकले बढेर २ हजार ४ दशमलब ३९ विन्दुमा

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) हरियाली छाएको छ । हिजो (आइतबार) नेप्से १२३.३४ अंकले घटेर कारोबार समय भन्दा ४५ मिनेट अघि नै बन्द भएको थियो ।
 
आज नेप्से ७२.२८ अंकले बढेर २ हजार ४ दशमलब ३९ विन्दुमा पुगेको छ भने ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।  

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी बीमा समूहमा लगानीकर्ता आकर्षित भएका छन् । आज सबैभन्दा बढी जीवन बीमा समूह ६९८.८१ र निर्जीवन बीमा समूह ४०५.५४ अंकले बढेका हुन् । 

आज सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक र रसुवागढी हाइड्रोपावर कम्पनीका शेयरधनीहरुले १०–१० प्रतिशत नाफा कमाएका छन् भने एभरेस्ट एन्स्योरेन्सक कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ६.६७ प्रतिशतले घाटा व्यहोरेका छन् । आज पनि पुनर्बीमा कम्पनीकै उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनीको १ अर्ब ५ करोड ५७ लाख ५९ हजार ९ सय ९ रुपियाँ बराबरको शेयर किनबेच भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *