इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले शानदार जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वुल्भ्समाथि ४–० को जित दर्ता गरेको हो ।
लिभरपुलको जितमा मोहम्मद सालह, जर्जिनिओ विनाल्डम र जोएल मातिपले गोल गरेका हुन् ।
वुल्भ्सका नेल्सन सेमेडोले आत्मघाति गोल गरे ।
जितपछि दोस्रो स्थानमा उक्लिएको लिभरपुलको ११ खेलबाट २४ अंक पुगेको छ ।
