काठमाडौं । टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।
लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले आर्सनलमाथि २–० को जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा सन हेङ्ग–मिन र ह्यारी केनले गोल गरे ।
जितपछि शीर्ष स्थानमा पुगेको टोटनह्यामको ११ खेलबाट २४ अंक भएको छ।
