शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

वाइडबडी खरिद अनियमितता प्रकरणमा नैतिकता हुनेले राजीनामा दिउन्, नहुने गलहत्याइयून् : बाबुराम भट्टराई

काठमाडौं, पुस- १९ ।

संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको ठहर गरेपछि राजनीतिक बृत्तमा यसले निकै चर्चा पाएको छ ।

सर्वसाधारणले समेत यो प्रकरणलाई निकै नै चासोका साथ हेरि रहेका छन् । यसबारे के–कस्ता कारवाही हुन्छ भन्नेमा जनचासो बढ्दै गएको छ ।

यही सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनियमिततामा संलग्न भएकाहरुले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । उनले बिहीबार बिहान एक ट्वीट गर्दै भनेका छन्, ‘नैतिकता हुनेले राजीनामा दिउन्, नहुनेहरु गलहत्याइयून् ।’

‘फाटेको जालीले छेकेको, छेके पनि छर्लंगै देखेको’ बोलको जनवादी गीत उद्धृत गर्दैै उनले लेखेका छन्, ‘यो जनवादी गीतजस्तै वाइडबडी प्रकरणलाई अब जतिसुकै कुतर्कले ढाकछोप गर्न खोजेपनि छोपिन्न । सिधै निर्मातासँग नकिनी नक्कली कम्पनी खडा गरेबाटै दालमा कालो देखिएको हो, त्यसपछि त….’`

baburam bhattarai

Leave a Reply

Your email address will not be published. Required fields are marked *