कोरोनाको तेस्रो लहरबाट गुज्रिरहेको दक्षिण कोरियामा फेरि उच्च संक्रमण देखिएको छ । बिहिबार एकैदिन पाँच सय ८३ नयाँ कोरोना संक्रमितहरु फेला परेसँगै जुन मार्च पछिकै सबैभन्दा उच्च दर भएको बताइएको छ ।
सामाजिक दुरी लगायत विभिन्न कडाइ अपनाइरहेको भएपनि दक्षिण कोरिया यतिबेला कोरोनाको तेस्रो लहरबाट नराम्ररी प्रभावित भइरहेको छ । सरकारले राजधानी सिओल र आसपासका क्षेत्रमा यसै हप्तादेखि पुनः सामाजिक दुरी सम्बन्धी नयाँ कडाइ लागू गरेको छ ।
दोस्रो लहरको संक्रमणपछि एक महिना अगाडि मात्र त्यहाँ कोरोना सम्बन्धी बन्देजहरु खुकुलो पारिएको थियो । विज्ञहरुका अनुसार सरकारले नियम खुकुलो पार्नमा धेरै हतार गरेकाले यस्तो भइरहेको छ ।
मार्चपछि पहिलोपटक त्यहाँ दैनिक पाँच सय बढी संक्रमितहरु थपिरहेका छन् जसमा यसपटक युवाहरुमा बढी संक्रमण फैलिएको बुझिएको छ । एजेन्सी
