आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य मन्त्रालयले पिसिआर रिपोर्टको गुणस्तर जाँच्न गर्न छानबिन समिति गठन

केही यात्रुको पिसिआर रिपोर्टमा देखिएको समस्याले नेपाल एयरलाइन्सको उडान रोकिएपछि स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले डाक्टर मुकुन्द शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा डा. अमृत पोखरेल र बलराम गौतम सदस्य छन्।

काठमाडौंका केही अस्पताल र निजी प्रयोगशालाबाट कोरोना परीक्षण गरी विदेश उडेका यात्रुमा उता फेरि जाँच्दा पोजेटिभ रिपोर्ट आएपछि सरकारले छानबिन गर्न लागेको हो। 

यो समस्याले हङकङ, युएईसहित केही देशमा उडान रोकिएपछि  नेपाल एयरलाइन्सले सरकारी प्रयोगशालामा परीक्षण गरेकालाई मात्र उडान अनुमति दिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *