शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

पर्वतमा शरीर जोडिएका दुई शिशु जन्मिए

मंसिर ३ काठमाडौं । धौलागिरि अस्पतालमा पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी छन् ।पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पताल, बागलुङमा सोमबार शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी हुन् ।

प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी उनलाई पर्वत अस्पताल पठाइएको थियो भने पर्वत अस्पताल कुश्माले समेत अवस्था गम्भीर रहेको भन्दै  धौलागिरि अस्पताल बागलुङमा पठाएको हो ।

‘उनि  सोमबार साँझ अस्पताल पुगेकी थिइन् , मंगलबार बिहान शिशु जन्मिएका हुन्,’ अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिएका छन  । शरीर जोडिएर जन्मिएका शिशुलाई बचाउन नसकिएको तर  आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको गौतमले जानकारी दिएका छन।फोटो सौजन्य : नयाँपेज डट.कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *