शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

गर्भवती किचकन्या गाडेको जगमाथि नै किन बनाइयो रानीपोखरीस्थित हात्तीको मूर्ति ?

पुरातात्त्विक महत्त्व बोकेको रानीपोखरीको दक्षिण किनारामा हेर्दा एउटा हात्तीमाथि तिनजना बसेको मूर्ति देखिन्छ। उक्त मूर्तिमा देखिने ती तीनजना को को हुन् भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ।

किम्बदन्ती अनुसार राजा प्रताप मल्लले छोराको मृत्युपश्चात रानीलाई खुशी बनाउनका लागि रानिपोखरी निर्माण गरेका हुन्। निर्माणपछि राजा सधैँ पोखरीमा नुहाउन पुग्ने गर्दथे। हरेक दिन यसरी नुहाउने क्रममा राजाको एउटा किचकन्यासँग भेट हुन थाल्यो। हरेक दिनको भेटपछि बिस्तारै राजा उक्त किचकन्यासँग प्रेममा पर्दछन्। यसै क्रममा राजा र किचकन्याको संसर्गबाट किचकन्या गर्भवती समेत हुन्छिन्। 

राजाको बदलिँदो व्यवहार र दुब्लाउँदो शरीर देखेर भाइभारदारहरू चिन्तित भई के कारणले राजा यसरी दुब्लाएका हुन् भनी खोजी गर्दा राजा र किचकन्याबिचमा प्रेम भएको र किचकन्या गर्भवती भएको कुरा समेत पत्ता लाग्छ। यो कुरा पत्ता लागेपछि यस्तो हुनुहुँदैन भनेर भाइभारदार र गुरु-पुरोहितहरू मिलेर गर्भवती किचकन्यालाई भ्रुणसहित वशमा पारी पोको पारेर रानीपोखरीको दक्षिण किनारामा गाडेर त्यसैको माथि विशाल हात्तीको मूर्ति बनाइएको उल्लेख छ। 

त्यस हात्तीमाथि राजा, रानी र युवराज सहित चढेको मूर्ति बनाएर किचकन्या र भ्रुणसहित गाडिएको उक्त पोको कुल्चेर राखेमा फेरि किचकन्याले दुख दिन्न भन्ने विश्वासमा उक्त मूर्ति स्थापना गरिएको हो भन्ने किम्बदन्ती रहेको पाइन्छ।साैज्नय ; न्युज कास्ट नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *