बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

प्रचण्डलाई राष्ट्रपतिको सुझावः दुवै अध्यक्ष मिलेर जानुस्

मंसिर ३ काठमाडौं । नेकपाभित्र बढ्दै गएको अन्तर्विरोधबारे राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाव आएको छ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै दुई घण्टा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले यस्तो सुझाव दिएकी हुन् ।

राष्ट्रपतिले बोलाएपछि मंगलबार साँझ करिव पौने ६ बजे शीतलनिवास पुगेका प्रचण्ड पौने ८ बजे शीतलनिवासबाट बाहिरिएका हुन् ।

नेकपामा विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष प्रचण्ड र भण्डारीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि राष्ट्रपति भण्डारीले अध्यक्ष ओली र महासचिव विष्णु पौडेल तथा उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर नेकपाको विवादप्रति चासो राखेकी थिइन् ।

प्रचण्डसँगको भेटमा पनि राष्ट्पति भण्डारीले मुलुकको समसामयिक विषयका साथै नेकपाभित्रको बढ्दो विवादका बारेमा छलफल भएको बुझिएको छ ।‘अध्यक्ष प्रचण्डसँगको करिव २ घण्टाको भेटवार्तामा राष्ट्रपति भण्डारीले सत्तारुढ दलमा बढेको विवादप्रति जिज्ञासा र चासो राख्नु स्वभाविक हो । अध्यक्ष प्रचण्डसँग पनि सोही विषयमा कुराकानी भएको हो’, शीतलनिवास स्रोतले भन्यो, ‘ अवश्यपनि यस्तो बेलामा राष्ट्रपतिको प्रयास भनेको समझदारी निर्माण गर्ने कुरामै हुन्छ सोही अनुसार प्रचण्डसँग पनि भेटवार्ता भएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *