मंसिर २ काठमाडौं । स्याङजामा अरिङगालको टोकाइबाट एक किशोरीको मृत्यु भएको छ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्याङजा जिल्ला अध्यक्ष पारश गैरेकी छोरी अथिती गैरेको सोमबार मृत्यु भएको हो।
उनलाई आजै अरिङ्गाले टोकेको थियो। उपचारका लागि पोखरा पुर्याइएकोमा उपचारको क्रममा उनको दु:खद् निधन भएको छ।
