बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

सुनचाँदीको सिक्का किन्न राष्ट्र बैंकमा घुइँचो,धनतेरस लक्ष्मी पूजा

नेपाल राष्ट्र बैंकले गत वर्षको तिहारको जस्तै यस वर्षपनि सुन तथा चाँदीका सिक्का बिक्री शुरु गरेको हो । कोरोना भाइरस (कोभिड १९) बीच स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्र बैंकले सुन तथा चाँदीको सिक्का बिक्री गरेको हो । सदाको वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले सुनचाँदीको सिक्का बिक्री गर्न थालेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले बताए । ‘अहिले सुनचाँदीको सिक्का किन्नेको राष्ट्र बैंकमा घुइँचो लागेको छ,’ उनले भने ‘प्रत्येक वर्ष तिहारमा राष्ट्र बैंकले सुनचाँदीको सिक्का बिक्री गर्दै आएको छ ।’

तिहारको लक्ष्मी पूजाका दिन सुन, चाँदी जस्ता बहुमूल्य बस्तु खरीद गरी पूजा गर्ने परम्परा अनुसार राष्ट्र बैंकले सिक्का बिक्री गर्न थालेको हो । धनतेरसमा सुन तथा चाँदीका सिक्का खरिद गर्नेहरूको संख्या धेरै नहुने भएकोले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिक्का बिक्री गरिरहेको नेपाल राष्ट्र बताएको छ । 

भौतिक दुरी कायम हुने गरी लाइन राखेर स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सिक्का बिक्री गरिरहेको छ । ‘भौतिक दूरी कायम गरी सिक्का खरिद गरिएको हो । राष्ट्र बैंकले एक पटकमा ३ जनासम्मलाई भित्र पस्न पसाएर सिक्का बिक्री गरिरहेको छ । 

विगतमा वर्षहरू दिनमै ४ सय भन्दा बढीले सुन र चाँदीका सिक्का खरिद गर्ने  भएपनि अहिले त्यस्तो धेरै संख्या घटेको राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकले सुनका १० ग्राम, ५ ग्राम र साढे २ ग्रामका सिक्का बिक्री गरिरहेको छ भने राष्ट्र बैंकले चाँदीका सिक्का बिक्री गरिएको छ । राष्ट्र बैंकले लक्ष्मी, गजलक्ष्मी तथा गणेशको मूर्ति भएका चाँदीका सिक्का बेच्न शुरु गरेको छ ।

आज १० ग्रामको सुनको असर्फी किन्न चाहने व्यक्तिले ८३ हजार २ सय ९१ रुपैयाँ खर्चनु पर्नेछ भने अन्य असर्फीको मूल्य पनि सोही भएको उनले बताए । चाँदीको सिक्काको भने १ हजार ६ सय रुपैयाँ तिर्नुपर्ने छ । एउटा व्यक्तिले २ वटाभन्दा सुन तथा चाँदीको असर्फी तथा सिक्का किन्न नपाउने राष्ट्र बैंकले जनाएको छ । विहान १० बजेदेखि २ बजेसम्म राष्ट्र बैंकले सर्वसाधारणको लागि सो सेवा दिएको छ । सुनचाँदीको सिक्का बिक्री वर्ष भरिनै हुने भएपनि विशेष गरी धनतेरसमा बढी भिडभाड हुने राष्ट्र बैंकले बताएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *