बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नेप्से आज २८ दशमलव ८९ अंकले बढेर १ हजार ७ सय ७ दशमलव ६७ विन्दुमा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज बुधबार १७०० विन्दु नाघेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से आज २८ दशमलव ८९ अंकले बढेर १ हजार ७ सय ७ दशमलव ६७ विन्दुमा पुगेको छ । 

नेप्सेका अनुसार आज ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७४२ को कारोबार भएको छ ।  आज कारोबार भएका समूहमध्ये फाइनान्सबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । 

बुधबार ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, लक्ष्मी इक्विटी फण्ड, नागरिक लगानी काेष, विशाल बजार कम्पनी लिमिटेड, एनआईसी एशिया ग्रोथ फण्ड र सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *