बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

धेरै वर्षअघि सञ्चारको एक मात्रै विश्वसनीय माध्यम हुलाक सेवालाई बदलिँदो परिवेशअनुसार अघि बढाउन नयाँ सोचको आवश्यकता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक सेवालाई युगसुहाउँदो बनाउन जरुरी रहेको बताएका छन् । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा हुलाक सेवा विभागका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले धेरै वर्षअघि सञ्चारको एक मात्रै विश्वसनीय माध्यम हुलाक सेवालाई बदलिँदो परिवेशअनुसार अघि बढाउन नयाँ सोचको आवश्यकता औँल्याए ।

उनले हुलाक सेवालाई विश्वसनीय र भरपर्दो बनाउन सरोकार पक्षसँग आवश्यक छलफल गरिने बताउँदै त्यसका लागि नयाँ सोचसहितको कार्ययोजना ल्याउन विभागका पदाधिकारीलाई आग्रह गरे । सरकारका प्रवक्ता गुरुङले विकसित मुलुकमा पनि हुलाक सेवाको महत्व बढ्दै गएको बताउँदै यसको सेवालाई छिटो, छरितो र भरपर्दो बनाउन निर्देशन दिए । त्यसका लागि आवश्यक ऐन, कानुन, नीति, कार्यविधि परिमार्जन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री गुरुङको भनाइ थियो । उनले निजी क्षेत्रबाट सञ्चालित कार्गो सर्भिसलाई व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले हुलाक सेवालाई सुदृढ बनाउने गरी अघि बढ्न विभागलाई आग्रह गरे। विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले विभागको कार्ययोजनाबारे मन्त्री गुरुङलाई जानकारी गराएका थिए । आजै मन्त्री गुरुङले मुद्रण विभाग, प्रमाणीकरण नियन्त्रणको कार्यालय र सुरक्षण मुद्रण केन्द्रबारे पनि जानकारी लिएका थिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *