आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मन्त्रीहरुलाई प्रधानमन्त्रीले भने : सरकारविरुद्ध फेरि षड्यन्त्र भयो, सामना गर्न तयार होऔं

कात्तिक २० काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ ।

दुई अध्यक्षबीच झण्डै डेढ घण्टा वार्ता भएपनि के-के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन । दुई अध्यक्षले पार्टीभित्र देखिएको संकट निवारणका लागि छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर आजको छलफलले कुनै निष्कर्ष भने निकालेको छैन ।

आजको छलफलमा पनि अध्यक्ष प्रचण्डले भेटमा प्रचण्डले सचिवालय बैठक राख्नुपर्ने अडान दोहोर्‍याएका थिए । बैठक बोलाउन ओली सकारात्मक भएको एक नेताले बताए ।

दुई अध्यक्षबीचको भेटअघि आजै मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीले पार्टीमा संकट आउन लागेको भन्दै त्यसको सामानाका लागि तयार हुन मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *