कात्तिक २० काठमाडौं । च्याम्पियन लिग फुटबलमा इटालियन क्लब युभेन्टसले शानदार जित दर्ता गरेको छ ।अवे मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले फेरेन्सभारोसी टिसीलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा अल्भारो मोराटाले दुई तथा पाउलो डिबालाले एक गोल गरे । टिसीका डिभालीले आत्मघाती गोल गरे । टिसीका लागि बोलीले एक गोल फर्काए ।जितसँगै तीन खेलबाट ६ अंक जोडेको युभेन्टस समूहको दोस्रो स्थानमा पुगेको छ । एजेन्सी
