आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अवैधरूपमा काठमाडौं लैजाँदै गरेको पटका बुधबार बरामद

राजविराजबाट काठमाडौं जाँदै गरेको बा ४ ख ५०६२ नम्बरको हायस गाडीबाट प्रहरीले पटका बरामद गरेको हो।

प्रहरी चौकी ढुङ्ग्रेवास हिरापानी चेक प्वाइन्टले अवैधरूपमा काठमाडौं लैजाँदै गरेको पटका बुधबार बरामद गरेको छ।

कमलामाई नगरपालिका-४ को हिरापानी चेक प्वाइन्ट इन्चार्ज प्रहरी नायब निरीक्षक विदुरचन्द्र अधिकारीका अनुसार १४ बन्डल विभिन्न ब्रान्डका पटका, गमला २० बट्टा, भुइँचक्कर ५७ प्याकेट, झिरझिरे १५० प्याकेट, हाइड्रो चकलेट बम २० प्याकेट, आतिसबाजी फाइनल दुई प्याकेट बरामद भएको बताए।

छतमा झोलामा राखिएको पटका कसैले दाबी नगरेपछि बरामद गरी जनप्रतिनिधिको रोहबरमा जिल्ला प्रहरी कार्यालयमा लगेर नष्ट गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *