आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

ट्रम्पले आफ्ना प्रतिस्पर्धीमाथि चोरीको आरोप

कात्तिक १९ काठमाडौं । अमेरिकामा आगामी राष्ट्रपतिका लागि भएको मतदानका जारी मतगणनामा उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जो वाइडनबीच कडा प्रतिस्पर्धा देखिएको हो । सुरुवाती रुझानमा वाइडनले ट्रम्पलाई निक पछि पारेको भएपनि अहिले ट्रम्प केही अघि लागेको बीबीसीले जनाएको छ।

मतगणना जारी रहँदा राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिस्पर्धीमाथि चोरीको आरोप लगाएका छन् ।ट्वीट गर्दै उनले चुनावमा चोरीको आरोप लगाएका हुन् ।

ट्रम्पले लेखेका छन्, हामी अगाडि छौं तर उनीहरु हामीसँग चुनाव परिणाम चोर्न चाहन्छन्, हामी उनीहरुलाई यस्तो गर्न दिने छैनौं । चुनाव सकिएपछि भोट हाल्न पाइने छैन ।

यसैबीच डेम्रोक्रेतिक उम्मेदवार जो बाइडनलले मत परिणाम बाट खुसी भएको बताएका छन् । उनले धैर्यता राख्न मतदातालाई अपिल गरेका छन् ।

विस्कोन्सिन र मिशिगनलाई लिएर खुसी छु, त्यतिबेलासम्म चुनाव सकिनेछैन जतिबेलासम्म हरेक व्यालेट गनिने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *