शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि लमही नगरपालिका र अस्पताल बन्द

कात्तिक १९ दाङ । दाङको लमही नगरपालिकास्थित लमही अस्पताल सात दिनलाई बन्द गरिएको छ । अस्पतालमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही कात्तिक २४ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा न्द भएको जनाइको छ ।

अस्पतालका कर्मचारीमा गत सोमबार कोराना पुष्टि भएकाले उनीहरुको सम्पर्कमा रहेका कर्मचारीको पिसिआर परीक्षण गर्नका लागि सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.आकाश बेल्बासेले जानकारी दिए ।

यसैगरी जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि लमही नगरपालिका कार्यालय बन्द गरिएको छ । यही कात्तिक २४ गतेसम्म अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको नगर प्रमुख कुलबहादुर केसीले सूचनामार्फत जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *