आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

हाँडीगाउँ जात्रा स्थगित

कात्तिक १६ काठमाडौं । काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा  स्थगन गरिएको छ ।प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट हुने सो जात्रा कोरोना प्रकोपका कारण स्थगित भएको हो।

तीन नारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगन गरिएको काठमाडौं महानगरपालिका–५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिएका छन  । जात्रा नगरिए पनि वार्षिक रूपमा गरिने पूजा आराधनाको विधि भने पुजारीलगायत सीमित गुठियारले सम्पन्न गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *