आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

च्याम्पियन्स लिगमा पीएसजीको जित

कात्तिक १३ काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इस्तानबुल बासाकेशिरलाई हराएको छ ।बुधबार राति भएको समूह ‘एच’ को खेलमा पीएसजीले टर्कीस क्लब इस्तानबुल बासाकेशिरलाई २–० ले हराएको हो ।

पीएसजीको जितमा यसै सिजन एभर्टनबाट लोनमा आएका मोइस केनले दुई गोल गरे ।खेलको ६४औं मिनेटमा पहिलो गोल गरेका उनले ७९औं मिनेटमा दोस्रो गोल गरेका थिए । केनको दुवै गोलका लागि केलियन एम्बाप्पेले पास मिलाएका थिए ।

खेलको सुरुवातमै मांशपेशीमा चोट बोक्दै नेयमार मैदानबाट बाहिरीएका थिए । जितसँगै पीएसजीले समूहमा तीन अंक जोडेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *