बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

आज काठमाडौं उपत्यकामा मात्रै थप २५२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज गरिएको २ हजार ७२५ पीसीआर परीक्षणका क्रममा काठमाडौं उपत्यकामा ९७ जना महिला र १५५ जना पुरुष गरि कुल २५२ जना संक्रमित थपिएका हुन् ।

यसैबिच, नेपालमा पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८७६ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १६८ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख १८ हजार ८४३ रहेको छ । नेपालमा कुल संक्रमित मध्ये ७४.१ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ९३२ रहेको छ । काठमाडौं उपत्यकामा आज थप ९७ जना महिला र १५५ जना पुरुष गरि कुल २५२ जना संक्रमित थपिएका छन् ।

त्यस्तै होम आइसोलेसनमा रहनेको संख्या ३२ हजार ४६४ रहेको छ भने भेन्टिलेटरमा ७१ जना उपचाररत छन् ।

त्यस्तै आइसीयूमा उपचाररत संक्रमितको संख्या २८१ रहेको छ । आज नेपालमा कुल २ हजार ७२५ जनाको आरटीपीसीआर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *