बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु

नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका– ५ सरैयाकी आठ वर्षीया अर्चना विष्ट र नौ वर्षीया अस्मिता ढुंग्यालको कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवै बालिका मृतावस्थामा भेटिएको जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *