बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नवरात्रको नवौँ दिन सिद्धिदात्री भवानीको पूजा,आराधना

आज नवरात्रको नवौँ दिन । आजकै दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरेर मनाईन्छ । देवी दुर्गाको नवौँ रुवरुपमा सिद्धिदात्रीको नामले चिनिनुहुन्छ । यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्र्ने सामर्थ्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएकोछ । सिद्धिदात्रीले दाहिने भुजामा देवी जप माला र गदा तथा बायाँ भुजामा कमल पुष्प र शंख धारण गर्नुभएको छ ।

देवी सिद्धिदात्रीको वाहन सिंह हो । सिद्धिदात्री कमलको फूलमा बिराजमान हुनुहुन्छ । नवौँ दिनमा यस देवीको पूजा तथा आराधाना गर्नाले सिद्धि प्राप्त हुन्छ । उनी अन्तिम देवी हुन् र उहाँको ध्यान गर्नाले सबै प्रकारको व्रह्माण्डिक र अन्य विश्वव्यापी इच्छाहरू पूरा हुन्छन् ।

भगवान शिवले सिद्धिदात्री देवीको अनुग्रहबाट धेरै उपलब्धिहरू पनि प्राप्त गर्नुभएकोछ । यस देवीको अनुग्रहले शिवको आधा शरीर देवीको थियो । यस कारणले शिव अर्धनारीश्वर नामले प्रख्यात हुनुभयो । हामीले माताको पाउमा उपासना गर्न जारी राख्नु पर्छ र स्थिर रहनु पर्छ । यस देवीको स्मरण, ध्यान, आराधनाले हामीलाई यस संसारको जोखिमलाई महसुस गराउँदछ र हामीलाई अमृत पदमा पुर्याउँछ । देवी सिद्धिदात्री कै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैले सिद्धि प्राप्त गर्न सक्नेछन् ।

“ऊँ ह्रीं चामुण्डायै विच्चे नमो नमः देवीको यो बीज मन्त्र कम्तिमा १०८ पटक मन्त्र उच्चारण गर्नुपर्दछ । भगवान शंकर र ब्रह्मा जीको पूजा गरिसकेपछि अन्तमा हविहरु चढाउँदै आरती गर्नुपर्दछ । हवनमा भएका जुनसुकै भेटी सबै मानिसहरुमा वितरण गरिनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *