शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

दुई महिनामै एक खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स

कात्तिक ५ काठमाडौं । वैदेशिक रोजागारीमा गएका नेपालीले पठाउने रेमिट्यान्स ८.१ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतलेल वृद्धि भई एक अर्ब २९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो। चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ।

कोभिड-१९ का कारण अहिले वैदेशिक रोजारमा जाने नेपालीको संख्या घटेको हो। अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारमा जाने नेपालीको संख्या २ प्रतिशतले बढेको थियो। वैदेशिक रोगजारिका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशलते घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *