कात्तिक ४ काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको सल्लाहकारमा डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त भएका छन् ।पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका श्रेष्ठलाई सल्लाहकार नियुक्त गरेका हुन् । श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
अष्ट्रेलियाको कर्टिन विश्वविद्यालयबाट अर्थशास्त्र र फाइनान्समा स्नातकोत्तर र द न्यू स्कुल न्युयोर्कबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् ।
