कात्तिक ४ काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने लंका प्रिमियर लिग (एलपीएल) को ड्राफ्टमा कुनै टोलीमा पर्न असफल भएका छन् ।श्रीलंका क्रिकेट बोर्डले गर्ने एलपीएलमा सन्दीप र अर्का नेपाली सुमन गौतमलाइ कुनै टोलीले अनुबन्ध नगरेको हो ।
सोमबार अनलाइन माध्यमबाट भएको ड्राफ्ट २० राउन्डसम्म चलेको थियो। सन्दीप हाल संयुक्त अरब इमिरेन्ट्स (यूएई) मा इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स्बाट खेलिरहेका छन् ।
नोभेम्बर २१ देखि डिसेम्बर १३ सम्म श्रीलंकामा हुने लिगमा २३ खेल हुने छन् । लिगमा कोलोम्बो किंग्स, डम्बुल्ला हक्स, गाल्ले ग्ल्याडियटर्स, क्यान्डी टस्कर्स र जाफना स्टेलियन्स गरि ५ फ्रेन्चाइज टोली सहभागी छन् ।
