आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

दसैंमा कोरोना परिक्षण नगरिने

कात्तिक ३ काठमाडौं । दसैंका बेला तीन दिन कोरोना परीक्षण बन्द गरिने भएको छ।आइतबारको नियमित प्रेस ब्रिफिङका क्रममा बोल्दै कात्तिक ९, १० र ११ गते पीसीआर परीक्षण नगर्ने जानकारी दिएका हुन् ।

महानवमी, विजयादशमी र एकादशीका दिन कोरोनाको पीसीआर परीक्षण नगरिने उनले जानकारी दिएका हुन् । ९, १० र ११ गते पछि भने परीक्षण जारी गरिने डा। गौतमले जानकारी दिए। अहिले देशभरका प्रयोगशालामा दैनिक पीसीआर परीक्षण गर्ने र स्वास्थ्य मन्त्रालयले त्यसको तथ्यांक जानकारी गराउने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *