शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

स्तनपानको लागि राशेल मैकएडम्सको बोल्ड फोटोशूट, फोटो सामाजिक सन्जालमा भाईरल

काठमाडौं, पुस- ९ ।

एक तस्बिरका कारण क्यानडाकी सुप्रसिद्द हिरोइन रासेल म्याकएडम्स अहिले चर्चामा रहेकि छिन् । विभिन्न सामाजिक सञ्जालहरुमा रासेलको तस्बिर भाइरल भइरहेको छ । स्तनपानका लागि जागरुक बनाउनका लागि भन्दै रासेलले ‘गल्र्स गल्र्स गल्र्स’ म्यागजिनका लागि ‘ब्रेस्ट पम्प’ लगाएर फोटोसुट गराएकी थिईन् ।

‘गल्र्स गल्र्स गल्र्स’ म्यागजिनका संस्थापक क्लियर रोथस्टिनले फोटो शेयर गर्दै लेखेका छन्, ‘यस फोटो शेयर गर्नुको पछाडि कैयौँ कारण छन्, यो फोटोसुट उनले छोरो जन्मिएपछि गराएकी थिइन् । फोटोसुटको ब्रेकमा उनी बच्चालाई स्तनपान गराइरहेकी थिइन् ।’

म्याकएडम्स हलिउडमा ‘पर्फेक्ट पाई’, ‘मिन्स गर्ल’, ‘द नोटबुक’लगायत सफल फिल्मका कारण प्रसिद्द छिन । सानदार अभिनयका कारण उनले थुप्रै अवार्डहरु समेत हात पारीसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *