शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

सांग्रिला डेभलपमेन्ट बैंकको क्यूआर कोड स्क्यान मार्फत नगद झिक्न सकिने

कात्तिक २ काठमाडौं ।ग्रिला डेभलपमेन्ट बैंकले (SADBL) बालुवाटार शाखाबाट शुरु गरिएको क्यूआर कोड मार्फत आफुले चाहेको रकम क्यूआर कोड स्क्यान गरी भुक्तानी लिने सुविधा हाल बैंकको नेपालभर रहेका ९१ शाखा कार्यालयहरुबाट उपलब्ध गराएको छ ।

यस अन्तर्गत ग्राहकहरुले अधिकतम एक लाख रुपैयाँसम्मको रकम आफनो आवश्यकता अनुुुसार क्यूआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नेछन्  । चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुविधा प्रयोग गरी कोभिड १९ बाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणमा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।यस बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *