शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

गीतकार अम्बिका र गायक वीरेन्द्रको ‘परदेशीको जीवन’ सार्वजनिक(भिडियो)

‘जाले रुमाल’ गीतको अपार सफलता पछी गायक इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘परदेशीको जीवन बरिलै’ शीर्षकको छोटो म्युजिकल मुभीको भिडियो सार्वजनिक भएको छ । गीतमा चर्चित गीतकार अम्बिका गुरुङको रचना तथा दिपकराज विश्वकर्माको संगीत तथा एरेन्ज रहेको छ ।

टिकाराम आचार्य निर्देशित लक्षमण गजुरेल निर्माण रहेको भिडियोमा निर्मल खत्री, निशा राई लगायत नानी धानु, गजेन्द्र प्रिथक, पेम्बा शेर्पा, माया सिटौला, माधव सिटौला, धर्म खतिवडा, सरु शर्मा, किरण कन्दवाको अभिनय रहेको छ । म्युजिक भिडियोमा बेरोजगारी, गरिबी, केही गर्न परदेश गएर कमाउने उत्साह बोकेका आम मानिसको भोगाइको प्रतिनिधित्व देख्न सकिन्छ । योगेश दाहालको छाँयाकन सम्पादन रकहेको भिडियो भवसागर इन्टरटेन्टमेन्टको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *