आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।मोदीले बिहिबार आफ्नो सम्पति विवरण सार्वजनिक गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

सार्वजनिक विवरण अनुसार मोदीको सम्पत्ति गत बर्षको भन्दा ३६ लाखले वृद्धि देखिएको छ।उनले आफ्नो कुल सम्पत्ति २ करोड ८५ लाख भारतीय रुपैयाँ रहेको जनाएका छन्।

गत वर्ष उनको कुल सम्पत्ति २ करोड ४९ लाख भारतीय रुपैयाँ थियो।मोदीले आफूसँग संयुक्त स्वामित्मा घर, घडेरी, केही सुन र बैंक ब्यालेन्स रहेको जनाएका छन्। तर, ऋण र सवारी साधन नभएको जनाएका छन्।

यस्तै, भाजपा नेता तथा गृहमन्त्री अमित शाहले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनि गरेका छन्।उनको सम्पत्ति भने गतवर्षको भन्दा केही घटेको छ। गतसाल ३२ करोड सम्पत्ति रहेको जनाएका शाहले यो वर्ष आफूसँग २८ करोड ६३ लाख मात्र रहेको जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *