असोज २८ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ ।पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा २१ सय ७४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । आज देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
