आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

सुनको मुल्य आज पनि ह्वात्तै घट्यो

असोज २८ काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ ।मंगलबार तोलामा ९५ हजार १ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन पनि ६ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार यसअघि मंगलबार चाँदीको मूल्य प्रतितोला १२२५ मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *