शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

दुई वर्षमा पहिलोपटक पराजित भयो स्पेन

असोज २८ काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।तीन खेलसम्म अपराजित रहेको स्पेन चौथो खेलमा १–० ले पराजित भयो ।स्पेनलाई स्तब्ध बनाउन घरेलु टोलीका भिक्टोर टिसीगान्कोभले ७६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो

जितसँगै युक्रेनले गत महिना भोगेको हारको बदला लिएको छ । अघिल्लो महिना युक्रेन स्पेनसँग ४–० ले पराजित भएको थियो ।किभमा २० हजार समर्थकमाझ मंगलबार राति खेलिएको खेलमा स्पेनले घरेलु टोलीलाई दवावमा राखे पनि रक्षापङ्ति तोडन सकेन ।

युक्रेनसँग हारे पनि स्पेन लिग ‘ए’ ४ को शीर्षस्थानमा यथावत रहेको छ । स्पेनको ४ खेलमा २ जित, एक बराबरी र एक हारसहित ७ अंक रहेको छ ।समान खेलबाटै जर्मनी र युक्रेनको समान ६ अंक छ । गोल अन्तरका आधारमा जर्मनी दोस्रो तथा युक्रेन तेस्रो स्थानमा रहेको छ । स्वीट्जरल्यान्ड २ अंकसहित पुछारमा छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *