असोज २७ पोखरा । पोखराको फेवा तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका व्यक्ति मृत फेला परेका छन् ।सशस्त्र प्रहरी बलको टोलीले फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला पारेको हो ।
फेवातालमा मृत फेला पर्नेमा धादिङ घर भएका २२ वर्षीय सुजन नगरकोटी छन् । उनी पौडी खेल्ने क्रममा सोमबार फेवातालमा डुबेर बेपत्ता भएका थिए ।घटनाबारे ढिलो गरी मात्रै सुरक्षा निकायले सूचना पाएको थियो ।
सूचना पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश आचार्यको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले तालबाट उनको शव निकालेको हो ।
