आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

ट्रम्पको कोरोनासम्बन्धी पछिल्लो ट्वीट ट्वीटरले नदेखिने बनायो

असोज २६ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनासम्बन्धी पछिल्लो पोष्ट ट्वीटरले नदेखिने बनाएको छ ।राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबाट प्रतिरक्षा भएको दाबी गर्दै ट्वीट गरेका थिए ।

कोरोनासम्बन्धी भ्रामक जानकारी दिएर ट्वीटरको नियमको उल्लङ्घन गरेकोले देख्न नमिल्ने बनाएको ट्वीटरले जनाएको बीबीसीले उल्लेख गरेको छ ।योभन्दा अगाडि पनि अमेरिकी राष्ट्रपति ट्रम्पका कतिपय पोष्टहरुले गलत सन्देश दिएको भन्दै फेसबुक र ट्वीटरले हटाउँदै आएका थिए ।

योभन्दा अगाडि फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा पनि राष्ट्रपति ट्रम्पले आफूमा प्रतिरक्षा प्रणालीको विकास भएकोले दोस्रो व्यक्तिमा कोरोना नसर्ने बताएका थिए ।राष्ट्रपति ट्रम्पले पटक–पटक विभिन्न औषधिलाई प्रतिरक्षा प्रणालीको विकास गर्ने औषधि भएको दाबी गर्दै आएका थिए ।

राष्ट्रपति ट्रम्पले आजदेखि चुनाव प्रचार गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *