असोज २५ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्री पोखरेलको आज आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको उनका प्रेस सल्लाहकार सुनिल खड्काले जानकारी दिए ।
मन्त्री पोखरेललाई शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थियो ।खडकाका अनुसार अहिले मन्त्री पोखरेल अस्पतालमा नै रहेको र अवस्था सामान्य रहेको छ ।
मन्त्री पोखरेलले शनिवार प्रधानमन्त्री केपी शर्मा ओली लगायत डा गोविन्द केसीको माग सम्बोधनका लागि गठित सरकारी टोलीलाई समेत भेटी छलफल गरेका थिए ।यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
