असोज २५ काठमाडौं । राष्ट्र बैंकले यसबर्ष दशैंका लागि नयाँ नोट सटही नगर्ने भएको छ।कोरोना भाइरस महामारीका कारण उक्त सेवा सुचारु नहुने राष्ट्र बैंकले जनाएको छ।खासगरी दशैं र तिहारका लागि मात्र लक्षित गरेर राष्ट्र बैंकले नयाँ नोट सटही गर्दै आएको छ।
यसपटक सो सुविधा उपलब्ध नहुने राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले नयाँ वर्ष, उभौली पर्व, ल्होसार फागुनन्द जयन्ती जस्ता चाडमा पनि सटही सुविधा दिँदै आएको छ ।

